काठमाडौं । प्रधानमन्त्री एवं शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि सुझाव दिन भन्दै गठन गरिएको कार्यदलको बैठक आज बस्दै छ ।
बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे बस्दै छ ।
आजको बैठकमा सरकारका प्राथमिकताका क्षेत्र निर्धारण र न्यूनतम साझा कार्यक्रमलाई टुंग्याउने विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, सरकार सञ्चालनका क्रममा सरकारका प्राथमिकताका क्षेत्रमा कार्यदलले सुझाव दिनेछ भने न्यूनतम साझा कार्यक्रममा कोभिडलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
कार्यदलको सदस्यमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन्।
Leave a Reply