Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमा कर्मचारीको हेरफेर : प्रशासन महाशाखा प्रमुखमा गोविन्द रिजाल

काठमाडौँ । गृह मन्त्रालयमा कार्यरत सहसचिवहरूको महाशाखा परिवर्तन गरिएको छ।

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले प्रशासन महाशाखा प्रमुखमा गोबिन्द रिजाललाई ल्याएका छन् भने यसअघिका प्रमुख घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखामा पठाएका छन्।

गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिनिने रिजाल यसअघि जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी रहेका थिए।

त्यसैगरी, मन्त्री खाँणले मन्त्रालयका प्रवक्तामा पनि हेरफेर गरेका छन् । जसमा कारागार व्यवस्थापन विभागका महानिर्देशकका सह सचिव फणीन्द्रमणि पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखमा ल्याइएकको छ भने भने हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077