Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • इलाममा जंगली च्याउ खाँदा बाबु–छोराको मृत्यु

    इलाममा जंगली च्याउ खाँदा बाबु–छोराको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2.9K
    SHARES

    फाइल तस्विर

    इलाम । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ।

    मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



    प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो।



    उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार