काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीवीच भेटवार्ता भएको छ।
शुक्रबार बिहान अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झन्डै ५० मिनेट कुराकानी भएको थियो, उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो,’ अधिकारीले भने।
प्रधानमन्त्रीबाट हटेर निजी निवास बालकोट पुगेपछि ओली पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्।
Leave a Reply