Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँमा विप्लवको दौडधूप, राप्रपा अध्यक्ष थापासँग भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुविच भेटवार्ता भएको छ।

शुक्रबार नेकपाका महासचिव नेत्रविक्रम चन्द' 'विप्लव' र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको नेकपाका नेता प्रकाण्डले जानकारी दिए।

नेकपा र राप्रपाका नेताहरुबीचको भेटवार्तापछि नेता प्रकाण्डले सामाजिक संजालमा फोटो शेयर गर्दै सोबारे जानकारी दिएका हुन् । यद्यपि भेटवार्तामा भएको कुराकानीबारे उनले केही बताएका छैन्।

गत असार अन्तिमदेखि राजधानीमा भेटवार्तालाई तिब्रता दिँदै आएका नेकपा महासचिव विप्लवले पछिल्लो समय शीर्षस्थ नेताहरुसँग भेटवार्ता गर्दै आएका छन् ।

विप्लवको भेटवार्ता यस्तो रहेको थियो :

मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता ।

मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता ।

मिति २०७८ साउन १ गते जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता ।

मिति २०७८ साउन २ गते आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग भेटघाट ।

मिति २०७८ साउन ३ गते एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साहसँग भेटवार्ता ।

मिति २०७८ साउन ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता ।

मिति २०७८ साउन ६  गते प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077