Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तत : भीम रावलले फिर्ता लिए राजिनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।

शुक्रबार सभामुख अग्नि सापकोटालाई भेटेर प्रतिनिधिसभा सदस्य रावलले पदबाट दिएको राजीनामा फिर्ता लिएका हुन् ।

राजीनामा फिर्ता लिएपछि रावलले भने, 'मैले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार राजिनामा फिर्त लिएको छु।'

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए ।

रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। नेता नेपालले बिहीबार रावलनिवास टोखा पुगेर राजीनामा फिर्ताका लागि आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077