Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक आज साँझ ५ बजे बस्ने गरी बोलाइएको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कक्षमा बस्न लागेको हो । साथै, आजको बैठक नियमित पनि रहेको छ । यसअघि पनि मन्त्रिपरिषदको बैठक हरेक हप्ताको सोमबार र बिहीबार बस्दै आएको छ।

आजको बैठकमा केही थप निर्णय हुन सक्ने र यसअघिकै निर्णयलाई कार्यान्वन गर्ने बताइएको छ । साथै, मन्त्रीमण्डल विस्तारबारे पनि छलफल हुने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077