Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी हेडक्वाटरदेखि ७७ वटै जिल्लाका सिडिओलाई गृहको पत्र : लामो दुरीका यातायात सञ्चालनमा सहयोग गर्नु

काठमाडाैं । गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्सालसहित ७७ वटै जिल्ला प्रशासन कार्यालयका सिडिओहरुलाई पत्राचार गरेको छ।

गृहले मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिँदै पत्राचार गरेको हो।

गृहका शाखा अधिकृत रामबहादुर केसीको हस्ताक्षरमा पठाइएको पत्रमा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिइएको उल्लेख छ।

गत साउन ४ गतेको मन्त्रिपरिषद बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको सो पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077