Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मंगलग्रहको ढुंगाको नमूना लिने तयारीमा नासाको यान

एजेन्सी । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले पठाएको यान पर्सिवरेन्स रोवरले मंगलग्रहको पहिलो नमूना लिने तयारी गरेको छ ।

यसरी लिइएको नमूना ट्युबमा राखेर शिल गरिने छ र त्यो अन्ततः पृथ्वीमा ल्याइने छ । मंगलग्रहमा कुनै पनि बेला प्राणी वा कुनै पनि प्रकारको जीवन थियो–थिएन भन्ने जान्नका लागि सतहको नमूनाको अध्ययन सुविधा सम्पन्न प्रयोगशालामा हुनु पर्ने र त्यसले राम्रो जवाफ दिन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

पर्सिवरेन्स रोवर गएको फेब्रुअरीमा मंगल ग्रहमा अवतरण गरेको हो । स्याटेलाइट तस्बिरहरुमा देखिए अनुसार मंगलग्रहको सतहमा कुनै समय ताल रहेको जस्तो देखिन्छ ।

त्यहाँबाट संकलन गरिने नमूनाले विगतमा कुनै प्रकारको प्राणी वा वनस्पति रहेको भए जिवाष्म मार्फत जानकारी दिन सक्ने वैज्ञानिकले बताएका छन् ।

पाँच महिनाअघि अवतरण गरेको स्थानबाट नासाको रोबर्टले झण्डै एक किलोमिटर यात्रा गरेको छ । अहिले सो रोबर्ट पेभर स्टोन्स भएको स्थानमा रोकिएको छ र त्यहिँबाट नमूना लिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077