Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीसँगको सहमति पत्रमै थन्किएपछि बालुवाटार पुगे विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द 'विप्लव' प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव आज अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । बालुवाटरमा विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् ।

गत फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् ।

यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्रीद्वय डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, एमाले अध्यक्ष ओलीसँग पनि  भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077