धर्मेन्द्र प्रसाद यादव / विरगंज । अवैध चाँदीका गरगहनासहित एक जना वीरगंजमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजविराज उ.म.न.पा.वडा नं.२ मेघरा घर भएका ४३ वर्षीय अंगत साहलाई चाँदीका गहनासहित बुधबार वीरगंजको शंकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट अवैधरूपमा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको विशेष सूचना प्राप्त भई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साह हाल चितवन खैरेनी न.पा.वडा नं.२ श्रीया ज्वेलर्सका संचालक भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाशले जानकारी दिए ।
भारतको रक्सौलवाट वीरगंजतर्फ चाँदीका गहना लिएर आउने क्रममा आज विहान पक्राउ गरिएकोको पर्साका डीएसपी खनालले वताए ।
पक्राउ परेका शाहमाथि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।
Leave a Reply