Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नातिको पालामा नेपाल गरिबीको दुष्चक्रबाट बाहिर निस्कने बाबुरामको अपेक्षा

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो नातिको पालामा भएपनि नेपाल गरिबीको दुष्चक्रबाट बाहिर निस्कन सक्ने अपेक्षा गरेका छन्।

बुधबार सामाजिक संजालमा आफ्नै नातीले गरेका कार्यहरुलाई संक्षेपमा प्रस्तुत गरेका पूर्वप्रधानमन्त्री भट्टराईले गज्जबको अनुभूति शीर्षकमा यस्तो बताएका हुन्।

'एक बर्षे नाति सरासर कोठामा पस्यो, दराजबाट चीन कसरी गरीबीको दुष्चक्रबाट निस्क्यो ? किताब झिक्यो, भूइॅमा बसेर उल्टोतिरबाट पढेझैं गर्नथाल्यो !' उनले लेखेका छन्।'

'मनमा लाग्यो- हाम्रो पालामा त नेपाल गरीबीको दुष्चक्रबाट बाहिर ननिस्कने नै भयो । नातिको पालामा त निस्केला कि? अनि नातिले यस्तै किताब लेख्ला कि? किताबको शीर्षक होला नेपाल कसरी गरीबीको दुष्चक्रबाट निस्क्यो ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077