काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कहालीलाग्दो प्रश्न गरेका छन्।
नेकपा माओवादी केन्द्रका पूर्वबरिष्ठ नेता भट्टराईलाई तत्कालीन जनयुद्दको झल्को आउने गरेर राप्रपा अध्यक्ष थापाले सामाजिक संजालमा सो प्रश्न गरेका हुन्।
थापाले प्रश्नमा सोधेका छन्,' योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर, तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको र जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?
हाल जनता समाजबादी पार्टी (जसपा)संघीय परिषद समेतको अध्यक्ष रहेका भट्टराईले बुधबार बिहान भारतीय योगीले समुन्द्रको तिरमा दुध बगाउदै गरेको फोटो शेयर गर्दै त्यसमा भारतीय सहपाठीद्वारा प्रसारित भन्दै रि ट्वीट गरेका थिए ।
त्यसको जबाफमा अध्यक्ष थापाले सो प्रश्न गर्दै आगोसंग खेल्ने प्रेस नगर्न समेत आग्रह गरेका छन्।
उनको ट्वीट यस्तो छ :
https://twitter.com/KTnepal/status/1417726849250037761