Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ।

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा आज अपरान्ह ३ बजे बैठक बस्दैछ। मंगलबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। पत्र पुगेको २४ घन्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशन दिएको छ।

मंगलबार सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी गराएका थिए। पार्टीबाट वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेर जाने अवस्था आएमा पर्ने प्रभावबारे समेत बैठकमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षको भने सहभागिता थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077