Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आज बकर इद मनाइँदै

    आज बकर इद मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 4.7K
    SHARES

    काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।

    इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।



    इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ । आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।



    काठमाण्डौको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरे पनि कोरोनाको जोखिम रहेकाले घरमै बसेर सुरक्षितरुपमा मनाउन मुस्लिम आयोगको आग्रह छ ।

    हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

    यस्तै, बकर इदको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई बलियो बनाउने बताएकी छिन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको उनले बताइन् । सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार