Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सांसदबाट पदमुक्त भएकी सरिता गिरी मेयरमा चुनाव लड्ने

    सांसदबाट पदमुक्त भएकी सरिता गिरी मेयरमा चुनाव लड्ने

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 3.8K
    SHARES

    जनकपुरधाम । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अहिले नै चुनावी प्रचार प्रसार शुरु गरेकी छन् । चुनव कहिले हुन्छ भन्ने तय नै नहुँदा गिरीले भने सांसद पदमा नभई मेयर पदमा चुनाव लड्ने भन्दै प्रचार शुरु गरेकी हुन् ।

    केही समय अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन् ।



    लाहानका मेयरका कारण जताले सास्ती खेप्नु परेको भन्दै उनले मेयर पदमा नै चुनाव लड्ने घोषणा गरेको जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,–म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु ।’



    लहान नगरपालिकाका जनता मेयर मुनी साहको अधिनायकवादी चरित्रबाट पीडित रहेको भन्दै उनले फेसबुकमा लेखेकी छन्,‘म लहान नगरपालिका को मेयर पद का लागि चुनाव लडने घोषणा गर्दछु । लहान नगरपालिका को जनता मेयर मुनी साह बाट पीडित छन । उनको अधिनायकवाद लाइ जनता ले परास्त गर्ने छ । अब ५ वर्ष स्थानीय स्तर मा रही जनता को सेवा गर्ने छु । म सबै संग आजको दिन देखि सहयोग र सम्पर्क का लागि हार्दिक अपील गर्दछु । स्थानीय स्तर मा लोकतंत्र , समय सुहांउदो विकास नीति र पारदर्शिता नभयी सबै को विकास हुन सक्दैन ।’

    सांसदबाट घटुवा भएर मेयरमा चुनाव लड्ने बताएकी गिरीलाई सामाजिक सञ्जालमा गालीको ओहिरो लागेपछि उनले फेरि अर्को स्टाटस लेख्दै त्यसलाई प्रष्ट्याउन खोजेकी छन् । उनले अर्को स्टाटसमा भने फ्रान्सका राष्ट्रपतिको उदाहरण दिएकी छन् । राजनीतिमा आफूले धेरै कुरा बुझेको भन्दै उनले स्थानीय सरकारबारे बुझ्न र तलैबाट सुधारको प्रक्रिया थाल्न मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

    उनले लेखेकी छन्–‘फ्रान्स का राष्ट्रपति ज्याक चिराक पहिला राजधानी पेरिसको मेयर थिए । पछि उनी फ्रान्स को राष्ट्रपति भए । उनको विकास माडल बाट प्रभावित भइ जनता ले उनलाइ राष्ट्रपति हुन मत दिए । आन्दोलन बाट शुरु गरे को राजनीतिमा मैले माथि को धेरै कुरा जानी बुझी सके को छु, अब स्थानीय सरकार बुझ्नु छ र तलबाट सुधार को प्रक्रिया शुरु गर्नु छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार