Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला सीआईबीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ।

सीआईबीले काठमाडौं महानगरपलिका-९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई सोमबार पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई सीआईबीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077