Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको घरमा विप्लव समूहको प्रश्न - तीनबुँदे सहमति पत्रमै सीमित हो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूहबीच भेटवार्ता भएको छ ।

एमाले नेता रञ्जन भट्टराईका अनुसार भेटका लागि विप्लवसहित, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोला ओली निवास बालकोटमा पुगेका थिए ।

गत फागुन १ मा ओली सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेका उनीहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहने बताएको नेता भट्टराईले बताए । नेता भट्टराई उतिबेला सरकारका पक्षबाट वार्ता समितिका सदस्य समेत रहेका थिए।

यसबारे अध्यक्ष ओलीले आफू सरकारको विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएको बताइएको छ।

यसअघि विप्लवले राजधानीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेता माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटवार्ता  गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077