Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोटेश्वरमा नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जसपाका अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान अध्यक्ष प्रचण्डले नेता नेपालसँग झन्डै एक घण्टा कुराकानी गरेको नेपालनिकट स्रोतले जनाएको छ । नेता नेपाललाई भेटेर प्रचण्ड बाहिरिए लगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भेटवार्ता भएको हो ।

गत आइतबार नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077