Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको ओरेगनमा भीषण आगलागी

एजेन्सी । अमेरिकाको ओरेगन राज्यस्थित जंगलमा भीषण आगलागी भएको छ ।

आगलागीका कारण जंगल आसपासका १६० घर जलेर नष्ट भएका छन् । दुई हजारभन्दा बढी नागरिक बिस्थापित भएका छन् ।

दुई हजार अग्नी नियन्त्रक परिचालन गरिए पनि आगलागी नियन्त्रणमा आएको छैन । ओरेगन राज्यको इतिहासमा भएको यो नै भीषण आगलागी हो ।

आगलागीको कारणबारे केही पत्ता लागेको छैन । यो बर्षमात्रै अमेरिकाको बिभिन्न राज्यको जंगलमा लागेको आगोका कारण लाखौं हेक्टर जंगल सखाप भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077