Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'बकर इद'मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले आगामी साउन ६ गते इस्लाम धर्मावलम्बीको चाड वकर इद परेको हुनाले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

त्यस्तै, आजको बैठकमा सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म लागू हुने गरी विपत संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

यसैगरी, सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराएकोमा सबै छिमेकी मित्रराष्ट्रहरुलाई धन्यवाद सहित आभार प्रकट समेत गरेको प्रवक्ता कार्कीले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड र कानुन तथा संसदीय व्यवस्था मन्त्री कार्की रहेका छन् भने माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077