Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३० लाखको चेक बाउन्स मुद्दामा फरार रहेका २ जना सीआईबीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।

सीआइबीको टोलीले काठमाडौंको टोखाबाट ४८ वर्षीय मिलन डंगोल र कलंकीबाट ६३ वर्षीय देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरु दुवैलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना तथा महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077