Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबारमा ५ सदस्यीय मन्त्रिपरिषदको बैठक, संसद अधिवेशन अन्त्यबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक जारी रहेको छ ।

सोमबारको नियमित बैठक साढे चार बजेबाट बैठक जारी रहेको हो ।

बैठकमा समसामयिक राजनीतिक बिषयबस्तु र संसद अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेर निर्णय गर्नसक्ने स्रोतले बताएको छ ।

देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँड र कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् भने माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल रहेका छन्।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार प्रधानमन्त्रीको अध्यक्ष्यतामा बस्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077