Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

आज च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताउदै राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने, अध्यक्ष ओलीले भने,'  अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’।

पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

यस्तै, बैठकले देउवालाई मत हाल्ने सांसदहरुलाई  स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077