Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एमाले केन्द्रीय समिति बैठक

    देउवालाई मत दिने सांसदहरुलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

    देउवालाई मत दिने सांसदहरुलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।

    आज ललितपुरको च्यासलमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको थियो।



    आइतबार संसदमा प्रधानमन्त्री देउवालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले विश्वासको मत दिएका थिए ।



    यसअघि गत शुक्रबार एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने र देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमालेमा रहन नसक्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार