एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगोलिया, स्विट्जरल्याण्ड र ताजिकिस्तानलाई सदस्यता दिएको छ ।
आईसीसीको ७८ औं वार्षिक साधारण सभाले यी तीन देशलाई सदस्यता दिएको हो । योसँगै आईसीसीको सदस्य राष्ट्रको संख्या १०६ पुगेको छ ।
मंगोलिया र ताजिकिस्तान एसिया क्षेत्रको २२ औं र २३ औं सदस्य बनेका छन् । स्विट्जरल्याण्ड युरोपबाट आईसीसीको सदस्यता पाउने ३५ औं राष्ट्र बनेको छ ।
तीन देशले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ ।
Leave a Reply