Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित भयो

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वाशको मत दिने वताएका छन्।

भट्टराईले प्रतिगमनकारीहरुको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको बताए । उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुन: सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए ।

संसदमा बोल्दै भट्टराईले  भने, ‘प्रतिगमनकारीहरुको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौं, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।'

भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसला उपर्युक्त भएको दाबी गरे । भट्टराईले भने, ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो । हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं, हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077