Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजिनामा

काठमाडौं । संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

आज एमाले नेता रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077