Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवालाई विश्वासको मत दिन हेलिकप्टरमार्फत् गगनको सवारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि पोखरामा रहेका कांग्रेस सांसद गगनकुमार थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन् ।

कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि काठमाडौं आएका हुन्।

थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीका अनुसार यसअघि उनी सडकमार्गबाट काठमाडौं आउँदै थिए । पोखराबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेसका सभापति देउवाले आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिंदैछन् ।

संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077