Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्दै, भोली शपथग्रहण

    प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्दै, भोली शपथग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.9K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । माओवादी केन्द्रले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा जान लगोको हो ।

    शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।



    साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए ।



    माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन् । स्रोतका अनुसार माओवादीलाई अर्थ वा कानुन मन्त्रालय दिने तयारी गरिएको छ ।

    उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाई कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याइसकेको छ । माओवादीलाई पनि त्यही बेला सरकारमा ल्याउने भनिए पनि मन्त्रालय टुंगो नलाग्दा त्यस बेला सरकारमा आउन चाहेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार