Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका १५ डीएसपीको एसपीमा बढुवा (नामसहित)

काठमाडौँ। गृह मन्त्रालयले १५ जना सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरेको छ ।

शुक्रब्र बसेको सशस्त्र प्रहरी बलको बढुवा सिफारिस अनुसार सशस्त्र प्रहरीका १५ जना डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

बढुवा सिफारिसमा नेपाल प्रहरीको असईबाट २०५८मा सेवा प्रवेश गरेकाहरुमात्र परेका छन् ।

एसपी बढुवा सिफारिस भएका डीएसपीहरुमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भूर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा छन्।

त्यसैगरी, अच्यूतकुमार मजगैया, त्रिभुवन बिष्ट, सुनिल केसरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरि कुइकेल, सुशील सुवेदी, बिमल डाँगी र धनबहादुर सिंह बढुवा भएका छन् ।

बढुवा समितिका सदस्यसचिव राजु अर्यालका अनुसार बढुवा उपरको उजुरी दिन चाहेमा ७ दिनको समयावधिसमेत दिइएको छ ।

यस्तो छ बढुवा हुनेहरुको नामावली :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077