Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राष्ट्रपतिले आफ्नो उपस्थिति अस्वीकार गरेपछि महान्यायाधिवक्ता खातीद्वारा सर्वोच्चमा सपथ ग्रहण

    राष्ट्रपतिले आफ्नो उपस्थिति अस्वीकार गरेपछि महान्यायाधिवक्ता खातीद्वारा सर्वोच्चमा सपथ ग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले शपथ ग्रहण गरेका छन् । शुक्रबार सर्वोच्च अदालतमा खातीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

    यसअघि महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउँदै आइएको थियो तर यसपटक भने राष्ट्रपति विद्यादेवी  भण्डारीले शपथग्रहण गराउन आफ्नो उपस्थितिमा अस्वीकार गरेकी थिइन्।



    राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ गरिएको हो ।



    बिहीबार राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार