Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • महान्यायाधिवक्ता खातीको शपथमा उपस्थिति हुन राष्ट्रपतिद्वारा अस्वीकार

    महान्यायाधिवक्ता खातीको शपथमा उपस्थिति हुन राष्ट्रपतिद्वारा अस्वीकार

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन आफ्नो उपस्थितिमा अस्वीकार गरेकी छन् ।

    राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ ।



    बिहीबार राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् ।
    राष्ट्रपतिले आफ्नो उपस्थितिमा शपथ गराउन नमानेपछि सर्वोच्च अदालतमा नै शपथ गराउने तयारी भएको छ ।



    महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास छ । तर, यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार