Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको दुई बैठक : च्यासलदेखि-बानेश्वरसम्म

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन  ।

बैठक आज बिहान ११ बजेपछि तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले बोलाएको बताइएको छ।

दुईदिन अघिमात्र सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बस्न लागेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ। यद्यपि असन्तुष्ट माधव पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।

यसअघि १० बुँद्धे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो । यस्तै, आजै बिहानको स्थायी समिति बैठकपछि दिउँसो तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ। दिउँसोको बैठकमा आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077