Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड र माधवपछि विप्लवको बाबुरामसँग भेट

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएकाे छ ।

शुक्रबार विहान भएकाे भेटवार्तामा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको स्राेतले बताएकाे छ ।

भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका थिए ।

यसअघि विप्लवले बुधबार र बिहीबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका बरिष्ठ नेता माधबकुमार नेपालबीच भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077