काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरी प्रवृतिको संज्ञा दिएका छन्।
यसअघि पनि ओली प्रवृति हिट्लरी नाजीवादरफासीवादसंग मिल्दोजुल्दो भएको र अन्त्यमा पत्तासाप भएको उदाहरण दिएका छन्।
आज बिहान सामाजिक संजालमार्फत अध्यक्ष भट्टराईले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ भन्दै ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी भएको बताएका छन्।
भट्टराईले ट्वीटरमा लेखेका छन्, खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ! ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद . फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!
https://twitter.com/brb1954/status/1415847533612474368?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1415847533612474368%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnepalface.com%2Fcontent%2F20283%2F2021-07-16