Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कर्णालीले अध्यादेशमार्फत बजेट ल्यायो

    कर्णालीले अध्यादेशमार्फत बजेट ल्यायो

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    सुर्खेत । कर्णाली प्रदेशले प्रदेश सभाबाट पारित हुन नसकेपछि अध्यादेशमार्फत बजेट ल्याएको छ ।

    बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।



    सरकारको सिफारिसबमोजिम बिहीवार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



    कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधान धारा २०२ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस भएका दुई अध्यादेश प्रदेश प्रमुखद्वारा जारी गरिएको उल्लेख छ ।

    गत असार १ गते सरकारले बजेट प्रस्तुत गरेयता प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण प्रदेश सभा बैठक सञ्चालन हुन सकेको थिएन । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता सीता नेपालीले प्रतिपक्षी दल एमालेको अवरोधका कारण प्रदेश सभाबाट बजेट छलफल र पारित हुन नसकेपछि अध्यादेशको बाटो रोज्न बाध्य भएको बताए ।

    प्रदेश सभाबाट बजेट पारित हुने सम्भावना नदेखेपछि सरकारले बुधवार मध्यराति चालु अधिवेशन अन्त्य गरेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार