काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले महान्यायाधिवक्तामा खमबहादुर खातीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबार महान्यायाधिवक्ता नियुक्त भएका हुन् ।
नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस सम्बद्ध अधिवक्ता हुन् । खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
Leave a Reply