Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिमा विप्लवको पुनरागमन, ओलीबाट छुट्टीएका प्रचण्ड र माधवसँग संयुक्त भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान विप्लव र नेपालबीच भेट भइरहेको समयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेपछि तीन शीर्ष नेताहरुको छलफल भएको हो।

कोटेश्वरमा नेताहरुबीच समसामयिक राजनीतिक विषयबस्तुमा केन्द्रित रहेर छलफल गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । जुगलका अनुसार उनीहरुबीच एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको बताइएको छ ।

विप्लव पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएका थिए।

प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्वमाओवादी त्यागेको लामो समयपछि गरेको भेटवार्ताले नेपाली राजनीतिमा नयाँ मोड आउने देखिएको छ।

यस अगाडि बुधबार बिहान माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र ‘विप्लव’बीच वान टु वान भेटवार्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077