Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी पदाधिकारीको बैठक स्थगित गराएर देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार प्रधानमन्त्री देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको हुन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले यसअघि तय गरिएको पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए ।

आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने देखिएको छ। जसमा थप मन्त्रीमण्डलको विस्तार हुन सक्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077