Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कर्णालीमा मध्यरातमा प्रदेश सभाको अधिवेशन अन्त्य

    कर्णालीमा मध्यरातमा प्रदेश सभाको अधिवेशन अन्त्य

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 1.4K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा मध्य रातमा प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्।



    अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए । प्रदेश सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ।



    नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध गरेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो । एमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन।

    प्रदेश सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार