Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा फेरि कोरोना संक्रमित बढ्दै

काठमाडौं। केही दिनयता भारतमा कोरोनाका संक्रमितको संख्या बढ्न थालेको छ ।

दुई दिन अघि दैनिक ३० हजार संक्रमित रहेकामा पछिल्लो समय दैनिक ४० हजारभन्दा बढी संक्रमित थपिन लागेका छन् । हालसम्म भारतमा ४ लाख १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टमा ५०८ जनाले ज्यान गुमाएका छन्।

यस्तै गत २४ घण्टामा ३९ हजार निको भएर घर फर्केका छन। ३ करोड ९ लाख बढी संक्रमित पुगेको भारतमा ३ करोड १ लाख निको भएका छन्। कोरोना संक्रमित निको हुनेको दर भारतमा करिव ९७ प्रतिशत रहेको छ।

विश्वमा हालसम्म १८ करोड ९१ लाख ३२ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा पनि ५ लाख ४६ हजार ५७७ जना कोरोनाका संक्रमित थपिएका छन्।

गत २४ घण्टामा मृत्यु भएका आठ हजार पाँच सय ७८ सँगै विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख ७३ हजार नौ सय ४५ पुगेको छ। हालसम्म १७ करोड २७ लाख ७२ हजार सात सय ४९ जना निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077