Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली सरकारले गरेको एआईजीहरुको सरुवा देउवाले उल्ट्याए !

काठमाडौं। गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)हरुको सरुवा कार्यान्वयन नगर्नका लागि प्रधान कार्यालयलाई निर्देशन दिएको खबर छ ।

स्रोतका अनुसार गृहले प्रहरी प्रधान कार्यालयलाईऔपचारिक रुपमा पत्र नपठाए पनि अनौपचारिक रुपमा सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

मंगलबार गृहमन्त्री बनेका बालकृष्ण खाँणले बुधबार पदभार ग्रहण गरेका थिए  ।  एआईजी सरुवा मन्त्रिपरिषदले मात्र बदर गर्न सक्छ । यसअघि समय नपुग्दै एआईजी सरुवा गरिएको भन्दै ओली सरकारको चौतर्फी आलोचना भएको थियो।

यसअघि समय नपुग्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी हरिबहादुर पाललाई प्रहरीको कार्य विभागका सरुवा गरेको थियो । यस्तै, निरज शाही अपराध अनुन्धान विभाग, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्की र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाइएको थियो।

मानव स्रोत बिभाग तथा प्रशासनमा भर्खरै एआईजीमा बढुवा भएका सहकुल थापालाई पदस्थापन गरिएको थियो।

एआईजीहरुको सरुवा बदरसँगै  प्रहरीभित्र ठूलै हलचल हुने सम्भावना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077