Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारबाट ओली बाहिरिए लगत्तै विप्लवको खुमलटार प्रवेश, राजनीतिमा नयाँ मोडको संकेत !

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन् ।

बुधबार बिहान अध्यक्ष ओली सरकारी निवासबाट बाहिरिए लगत्तै केहीबेर पछि अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव विप्लव सहकर्मी धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।

प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्वमाओवादी त्यागेको लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेपछि नेपाली राजनीतिमा नयाँ मोड आउने देखिएको छ।

पछिल्लो समय विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077