Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्मचारीलाई अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले पदभार ग्रहण गरेका छन् ।

आज बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका मन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।

पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने भन्दै उनले थपे, 'आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077