Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उज्यालो नेपालका अभियन्ता जनार्दन शर्मा चौथो पटक मन्त्री बने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको सोमबारको फैसलापछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त भएका हुन् ।

यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लागेका छन् । ऊर्जा मन्त्रीको रुपमा उनको कार्यकाल स्मरणयोग्य रहेको छ । चर्को विद्युतभार कटौतीको मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन प्रभावकारी कदम चालेका थिए। तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर रहेका शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युतभार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाएका शर्मा प्रभावशाली नेता हुन् ।

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र शर्मा र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मिएका शर्माको विशेष रुचीको क्षेत्र साहित्य र कृषि हो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा(माओवादी) केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुमपा निर्वाचित शर्मा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका शर्माले जनसेवाश्री र संविधनसभा पदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077