काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति शेरवहादुर शेरबहादुर देउवाले सपथ लिन लागेका छन् । उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
६ बजे नै सपथ लिने भनिएपनि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति नसच्याएसम्म सपथ नलिने अडान लिएका कारण सपथमा ढिलाइ भएको हो ।
अब केहीबेरमा सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
पत्रमा संविधानको धारा उल्लेख नगरिएको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गरेका हुन् । राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएर शपथ गराउने तयारी गरिरहेको छ ।
Leave a Reply