काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख ब्यक्तिगत सुरक्षा अधिकृतमा डीएसपी कोमल बिक्रम शाहलाई खटाएको छ ।
मंगलबार नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत शाहलाई प्रधानमन्त्रीको पर्सनल सेक्युरिटी अफिसर (पिएसओ)को रुपमा काज सरुवा गरेको हो ।
डीएसपी शाह यसअघि देउवा २०७४ मा चौथो पटक प्रधानमन्त्री हुँदा पनि प्रमुख सुरक्षा अधिकृतको रुपमा खटिएका थिए ।
सर्वोच्च अदालतको परमादेशका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार पाचौंपटक प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
Leave a Reply