Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीबाट पम्फा भुसाल उर्जा र जनार्दन शर्मा अर्थमन्त्री बन्ने पक्का

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माओवादी केन्द्रबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएकी छन् ।

मओवादी स्रोतका अनुसार शर्मा अर्थमन्त्री र भुसाल उर्जा तथा जलस्रोतमन्त्री बन्ने भएकी हुन ।

माओवादी केन्द्रका नेता शर्मा यसअघि नै उर्जा र गृहमन्त्री बनिसकेका छन् भने भुसाल यसअघि सामान्य प्रशासनमन्त्री बनेकी थिईन ।

मंगलबार बिहान बसेको पार्टी स्थायी कमिटी बैठकले देउवा नेतृत्वको सरकारमा  कसलाई पठाउने भन्ने बिषयको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको थियो।

अध्यक्ष प्रचण्डले काँग्रेसका नवनियुक्त प्रधानमन्त्री तथा सभापति देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077