Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ माधव नेपाललाई व्यंग्य गर्दै कमल थापाले रचेको 'लघु कथा'

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई व्यंग्य गर्दै एउटा लघु कथा सार्वजानिक गरेका छन् ।

सो कथामा अध्यक्ष थापाले माधव नेपाल नेतृत्वका २३ सांसदहरुलाई असन्तुष्ट सेनानीको संज्ञा दिएका छन् भने ती २३ जनाले विदेशी फौजसंग मिल्न गई आफ्नै देशको फौजलाई र सेनापतिलाई पराजित गरेको उल्लेख गरेका छन् ।

कथाको अन्त्यमा अध्यक्ष थापाले माधव नेपाल र उनको समूहलाई व्यंग्य गर्दै आफ्नै सेनापतिलाई विदेशी फौज र पञ्च भलाद्मीसंग मिलेर हराइसकेपछि जित्यौं जित्यौं भन्दै घर फर्किएकोसमेत भनेका छन् ।

सर्बोच्च अदालते प्रतिनिधिसभा पुनस्र्थापना गर्ने आदेश दिएको भोलिपल्ट अथात् मंगलबार विहान सबेरै अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत सो चारलाइनको कथा सार्वजानिक गरेका हुन्। को जित्यो को हार्यो शीर्षकमा विहान फुरेको कथा भन्दै उनले माधव नेपालप्रति कडा व्यंग्य प्रहार गरेका हुन् ।

उनको कथा यस्तो छ :

https://twitter.com/KTnepal/status/1414749464267419669

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077